Rashtriya Dainik

प्रतापपुर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया

आरपि उपाध्याय / नवलपरासी ,९ कार्तिक

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय एक दिने अन्तर्कृया कार्यक्रम प्रतापपुरको बेलाटारीमा सम्पन्न भएको
छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको हो।
अन्तर्कृया कार्यक्रममा भ्रष्टाचारको प्रवृत्ति,प्रकृति र आयोगले दिएको स्थानीय तह संग सम्बन्धित सुझावबारे सहभागीहरुलाई जानकारी गराइएको थियो।


कार्यक्रममा भ्रष्टाचारजन्य कार्य र सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राष्ट्र सेवकहरुलाई हुने सजाय भ्रष्टाचार निवारण ऎन २०५९ ले भ्रष्टाचारलाई कसुर मानी गरिने सजायबारे जानकारी गराइएको आयोजकले बताएको छ।

अन्तर्कृया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका शाखा अधिकृत मणीराज पौडेलले सहजीकरण गर्न्नुभएको थियो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्र प्रसाद पाण्डेले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न लोभ,लालचलाई त्याग गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्दै राष्ट्र निर्माण कार्यमा लाग्नुपर्ने धारणा राख्नुभयो।


सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,उपाध्यक्ष मानकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरी,पालिका अन्तर्गतका वडा अध्यक्षहरु शाखा प्रमुख र सुरक्षा निकायका स्थानीय युनिट प्रमुखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
“भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनको लागि अपरिहार्य” भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्कृया कार्यक्रमबाट भ्रष्टाचार मुक्त समाज निर्माण गर्न गरिने पहिलो ढोका खोलिएको पनि स्थानीय तहमा चर्चाको विषय बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित