आरपि उपाध्याय / नवलपरासी ,९ कार्तिक
पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ मा सर्प डन्स उपचार सम्बन्धि अनुशिक्षण तथा अभिमुखिकरण एक दिने कार्यक्रम त्रिवेणी सुस्ता स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सर्प डन्स उपचार कार्यलाई अझ बढी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउदै सो कार्यका लागी तिनै तहका सरकारले सर्प डन्स उपचार कार्यमा विशेष ध्यान दिई नागरिकको जीवन रक्षा गर्न उपचार कार्यमा विशेष ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा डा. हेमन्त भद्र ओझाले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै त्रिवेणी क्षेत्रमा सर्प डन्सको हालसम्म भएको उपचार विधि र भविष्यमा सर्प डन्स उपचार कार्यलाई अझ बढी व्यवस्थित ढङ्गबाट गर्न,गराउन आफू र आफ्नो संस्था पुर्ण प्रतिबद्धताका साथ लागि पर्ने कुरामाथी जोड दिनुभएको कार्यक्रम सञ्चालिका सरुवा रोग शाखा प्रमुख विष्णु अर्याल मरासिनीले जानकारी दिनुभएको छ।
कार्यक्रममा त्रिवेणी स्वास्थ्य केन्द्रका कर्मचारी,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको त्रिवेणी सुस्ता स्वास्थ्य केन्द्रका प्रमुख रघुनाथ भट्टराईले बताउनु भयो।
कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,विश्व स्वास्थ्य संगठन नेपालकी प्रतिनिधि आयाश्री कार्कीको पनि उपस्थिति रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

