Rashtriya Dainik

सरावलमा एयर कन्डिसन जडान तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,९ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एयर कन्डिसन जडान तालिम सम्पन्न भएको छ।

सी.जी. पोलिटेक्निककाे आयाेजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा ७ दिने एयर कन्डिसन जडान तालिम सम्पन्न भइ एक कार्यक्रम बिच सहभागिलाई प्रमाणपत्र वितरण गरिएको हाे।

महेन्द्र मा.बि सरावलका अध्यक्ष राधाकृष्ण चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको हाे।

प्रमाणपत्र वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले, चाैधरी फाउन्डेसनले युवाहरूलाई सीप सिकाउदै आत्मनिर्भर बनाउन लागिपरेकाे प्रयास निकै स्राहनिय रहेको बताउनुभयो ।चाैधरी फाउन्डेसनकाे काममा पालिका सहकार्य गरिरहेकाे हुनाले युवाहरु पालिका र फाउन्डेसन मार्फत सिकेकाे कुरा ब्यवहारमा लागु गरि आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सिपहरु आधारभूत आवश्यकता भएको हुनाले सीप भएको ब्यक्तिले जिविकाेपार्जन गर्न सजिलो हुने गरेको बताउनुभयो । अध्यक्ष चाैधरीले युवाहरु आत्मनिर्भर बनाउनका लागि लागि परेको बताउदै अगामि दिनमा अझै महत्त्वपूर्ण तालिमलाई प्राथमिकता दिने बताउनु भएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा, लेखा अधिकृत नारायण पाण्डेय ,पुर्व पालिका उपाध्यक्ष उत्तमा राय ,सरावल ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता लगाएतले सहभागीहरु सिकेकाे कुरा ब्यवहारमा उतारि उद्यमी बन्न अनुरोध गर्दै उज्ज्वल भबिष्यकाे कामना गरेका थिए ।

सी.जी. पोलिटेक्निक सचिवालयका सराेज थापाकाे स्वागत मन्तब्यबाट सुरुवात भएको प्रमाणपत्र वितरण कार्यक्रमकाे सन्चालन सरावल राेजगार शाखा प्रमुख नेत्र भण्डारीले सन्चालन गर्नुभएको थियोे ।

सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका २६ जना सहभागी भएको तालिमकाे सहजिकरण गुन्जा कुमारी भर र सुनिता चमारले गर्नुभएको थियोे ।

सी.जी. पोलिटेक्निकले नवलपरासीको बर्दघाट ,सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका लच्छितगरी युवाहरुलाई आत्मनिर्भर बनाउन थुप्रै सिपमुलक तालिमहरु सन्चालन गर्दै आइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित