Rashtriya Dainik

नवलपरासीबासीलाई सिंगाडा टिपेर बेच्न चटारो, सरकार प्रति गुनासो

बिनोद निगम/ नवलपरासी , ९ कार्तिक

पश्चिम नवलपरासीको दुबौलियाका एक किसान युवक अवधेश बेल्दरले पाल्हिनन्दन गाउँपालिका १ मा रहेको डेढ बिघा नदिमा खेती गरेकाे सिंगाडा टिपेर बेच्ने चटारो छ ।

उनि टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा सिंगाडा टिप्न निस्केर दिउँसो फर्कन्छन् र बेच्न तिर लाग्छन् ।

मौसमी फलका रुपमा रहेको सिंगाडा खेतीबाट उनले मनग्य आम्दानी गर्ने गरेका छन् । बजारमा सिंगाडाको माग समेत बढि रहेको र राम्रो आम्दानी हुने भएकोले मौसमी फल सिंगाडा टिपेर बिक्री गर्नेतर्फ आकर्षण बढेको हो ।

सरावल गाउँपालिका ५ दुबौलियाका बासिन्दा अवधेश बेल्दार गाउँमा बसोबास गर्दै आएका वेल्दार यतिखेर सिंगाडा टिप्नलाई भ्याइनभ्याइ भएको छ ।

अवधेशको काम गर्ने मान्छेहरू बिहानैदेखि सिंगाडा टिप्नमा व्यस्त हुन्छन् । बेल्दारले ४० हजारमा रामलगन हरिजनको जग्गामा ठेक्का सम्झौता गरेर नदीमा सिंगडा उत्पादन गरी अन्य केहीलाई पनि रोजगारीको अवसर प्रदान गरिरहेका छन् ।

आफ्नो परिवारले मात्र नभ्याएका कारण बेल्दरले ६ जना कामदार सिंगाडा टिप्न लगाएका छन् ।

गएको बर्ष एक सिजनमा उनले घर खर्च कटाएर ७० हजार बचत गर्न सफल भएका उनी ठुलो आम्दानी नभए पनि ७ जनाको परिवार पाल्न अरु कुनै काम गर्न नपर्ने र कसैसंग ऋण लिन नपरेकोमा सन्तुष्ट छन् । तर यस्तो सिंगाडा खेतीका लागि सरकारको पक्षबाट कुनै किसिमको प्रोत्साहन तथा अनुदान नभएकोमा भने उनी गुनासो गर्छन् ।

सिंगडा विभिन्न पर्वका ब्रतालुहरुले खाने गर्दछन् भने बिरामीहरुका लागि पनि निकै फाईदाजनक फलको रुपमा लिइन्छ । सिंगाडाको भित्रको गेडालाई उमालेर, सुकाएर पिधेर पिठो बनाई रोटी पनि खाने चलन छ । ६० रुपैँया किलोसम्म बिक्री हुने मौसमी फल सिंगाडा खेतीका विषयमा कतै कुनै तथ्याकं भने राखिएको पाइदैन ।

नवलपरासीमा करिब १०,१२ घर परिवारले सिंगाडा खेती गरेरै जिबिकोपार्जन गरिरहेका छन् । जेठ असारमा लगाएको सिंगाडा असोजमा तयार भई कार्तिक मंसिरसम्म बिक्री गर्ने गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित