Rashtriya Dainik

रवि र छवि दुबैलाई म्याद थपको लागि अदालत लगियो

पाेखरा , ८ कार्तिक

रवि र छवि दुबैलाई म्याद थपको लागि अदालत लगियो
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।

उनले आफू गोरखा मिडियामा संलग्न भएको तर सहकारीको ऋणी भएर कहीँ पनि ऋण नलिएको दाबी गरेका छन् । संसद्ले गठन गरेको सहकारी छानबिन समितिले पनि सहकारीको रकम गलत रूपमा मिडियामा ल्याउने कार्य भएको र उक्त रकम ल्याउनेमा लामिछानेको भूमिका नदेखिए पनि हिनामिना गर्ने कार्यमा देखिएको भनी कारबाहीको सिफारिस गरेको थियो । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित