उमेश बि.क / नवलपरासी , ८ कार्तिक
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कलवारलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ खुवाएका हुन्।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कलवारलाई सरकारमा समावेश गरेका थिए । कलवार काङ्ग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् ।
कलवार संगै सामाजिक विकास मन्त्रालयमा जन्म जय तिमिल्सिना र आन्तरिक मन्त्रालयमा आदेश अग्रवालले जिम्मेवारी पाएका छन् । उनीहरू पनि आजै पद तथा गोपनीयताको शपथ लिइएका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

