Rashtriya Dainik

स्रोत नखुलेको २० लाख ५० हजार भारतिय पैसा सहित मानिस कपिलवस्ताबाट पक्राउ

कपिलवस्तु, कार्तिक ६

कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो।

सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको युपी ४५ ए.यश६६६३ र युपी ४२ डिटी ५७२१ नं.का भाडाका गाडिहरु चेकजाँच गर्दा युपी ४५ ए.यश ६६६३ नं.को गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भारतीय ८ लाख रहेको थियो।

अर्को युपी ४२ डिटी ५७२१ नं.को भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भारतीय १२ लाख ५० हजार बरामद गरिएको थियो।

जम्मा भारतीय रुपयां २० लाख ५० पचास हजार फेला परेको निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक माेहनमणी अधिकारीले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित