Rashtriya Dainik

नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीले १०० दिने विशेष कार्यक्रम सञ्चालन गर्ने

आरपि उपाध्याय / नवलपरासी ,५ कार्तिक

नेपाली काङ्ग्रेस नवलपरासी (ब.स.पु.) को १०० दिने विशेष कार्यक्रम सञ्चालन गर्न पार्टीको विस्तारित बैठक सहितको भेला बि.पि. भवन कावासोतीमा सोमबार सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस नवलपुरको आयोजनामा गरिएको विस्तारित भेलामा महासमिती सदस्य, महा अधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितीका सदस्यहरु, क्षेत्रीय र प्रदेश सभाका सभापति,पालिका र नगर सभापति एवं भातृ संगठनका सभापतिहरुको पनि उपस्थिती रहेकोे जिल्ला कार्य समितीको सचिव होमराज राना भाटले जानकारी दिनुभएको छ।


गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएका जिल्ला कार्यसमितिका सभापति महेन्द्रध्वज जि.सी. को अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोपाल दहितको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
सो अवसरमा केन्द्रिय प्रतिनिधि समेत रहनुभएका दहितले १०० दिने विशेष कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै विशेष अभियानले वडादेखी केन्द्रसम्मका सबै नेताहरुलाई अझ बढी जिम्मेवार बनाउने धारणा राख्नुभयो।
उहाँले पार्टीमा बैठक,भेला,अन्तरक्रिया र प्रशिक्षण महत्वपूर्ण पक्ष रहेकाले उल्लेखित बुँदालाई अझबढी प्राथमिकता साथ निरंतरता दिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि जिकिर गर्नुभयो।

त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले १०० दिने विशेष अभियानकाट पार्टीका नेता कार्यकर्ताहरुमा नयाँ उर्जा प्रवाह हुनुका साथै काङ्ग्रेसको निति तथा कार्यक्रमलाई ग्रामीण भेगसम्म पुर्याउन सहज हुने धारणा राख्नुभएको थियोे ।

साे कार्यक्रममा जिल्ला कार्यसमितिका सचिव महेन्द्र पोख्रेल,झपेन्द्रेश्वर भुसाल,दुर्गा बहादुर गुरुङ,गोकुल सापकोटा,के.वि. राना,बल बहादुर राना लगायतले आफ्नो विचार सहितको प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभएको थियो।
१०० दिने विशेष कार्यक्रम असोजको दोस्रो सातादेखि प्रारम्भ भइ आउदो पौष १६ गते समापन गरिने पनि बैठकले निर्णय गरेको छ।


१०० दिने विशेष कार्यक्रम सञ्चालन गर्न जिल्लाका ९२ वडाहरुमा प्रतिनिधि पठाउनको लागि नामावली पनि तयार भइसकेको पार्टीका कार्यालय सचिव गोपाल बस्ताकोटीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित