राष्ट्रिय दैनिक / नवलपरासी , ५ कार्तिक
पश्चिम नवलपरासीमा रहेका विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् ।
नवलपरासीका अधिकाम्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ ।
पाल्हिनन्दनका अधिकान्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणाबढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३५ देखि ४० जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ६५ देखि ७० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।

अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । पाल्हिनन्दन रहेका स्कुल बसमा विद्यार्थीहरुलाई भेडाबाख्रा जसरी बोक्ने गरेका छन। विद्यालय सन्चालकहरुले बसमा ठाँउ नभए पनि काेचाकाेच विद्यार्थी बोक्ने गरेका छन् । क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस निर्वाद गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन ।

मुन लाइटकै लु १ का ३७८५ र लु १ खा ६८८८ नम्बरको स्कुल बसमा त भित्र पस्ने ठाँउ समेत नहुने गरि विद्यार्थीहरु कोचाकोच गरेर उभिने गरेको छ । त्यस्तै वडा नम्बर २ मा रहेको सनराइज सेकेण्डरी स्कुल बसले एउटै बसमा करिब ६५ जना विद्यार्थी बोक्ने गरेको छ ।

विद्यालयले स्कुलबसमा क्षमताभन्दा बढी विद्यार्थी चढाउने र एउटा रुटमा जतिसुकै विद्यार्थी भए पनि एउटै बसमा कोचेर लैजाने गर्दै आएको अभिभावकहरुले बताएका छन्।
यी विद्यालयहरु प्रतिनिधि पात्र मात्र हुन नवलपरासीको अधिकाम्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

