Rashtriya Dainik

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच,२९ जनालाई मोतियाबिन्द

कात्तिक ५ / बाँके ।

बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कात्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।

३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँज गरिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन ।

किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठक अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए ।
यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चस्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

यस्तै, कात्तिक ६ र ७ गते डुडुवा गाँउपालिका वडा नं. ४ आस्थायी स्वास्थ्य केन्द्र र कात्तिक ८ र ९ गते डुडुवा गाँउपालिका वडा नं. ३ बन्कट्टी स्वास्थ्य चौकीमा बिहान साढे १० बजे देखि दिउँसो ३ बजे सम्म शिविर सञ्चालन हुने कार्यतालिका रहेको उपाध्यक्ष मोदीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित