राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक
नेपाल सरकारले हुण्डी कारोवारलाई अवैधानिक घोषणा गरेपनि प्रभावकारी ढंगले नियन्त्रण गर्न नसक्दा सिमावर्ती क्षेत्रमा हुण्डीको कारोवार फस्ट्याएको छ ।
यतिबेला पश्चिम नवलपरासीकाे सिमा नाकाहरूबाट र मुख्य भन्सार नाकाबाट व्यापक रूपमा हुण्डी कारोबार हुँदै आएको स्रोतले जनाएको छ ।
सिमावर्ती क्षेत्रको भारतको ठुठीबारीमा भारतीय एसएसबीले २ जनालाई तलासी गर्दा सात लाख रुपैयाँ दुई मोटरसाइकल सहित एकजना नेपाली र भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्हिनन्दन् गाउँपालिका वाड नं १ वर्ष २६ का सुजित बढाई रहेका छन् भने सुरत नगर फेस-भारतीय नागरिक वर्ष २४ का जनक बस्याल रहेको भारतीय सुरक्षा निकायले जानकारी दिएको हो।
एसएसवीले थप अनुसन्धानको लागि कस्टम विभागलाई बुझाइएको जनाएका छन् ।
त्यस्तै सिमानाकाबाट पहिलादेखि नै कोरोडोको हुण्डी कारोबारी हुँदै आएको देखिन्छ तर नेपालका सुरक्षा निकायले आँखा मिच्यौली खेल खेल्दै जस्तो गर्दै आएको छ। मुख्य नाकाबाट दिनहुँ लाखौँ रुपैयाँ होरो दोहोरो भइरहेको हुन्छन् र समाचार पनि आइरहेका छन् ।
अहिले नवलपरासीको मुख्य नाका महेशपुर बाट र गोपालपुर,गेरमी,बसहिया,भुजहवा बाट ठूलो रूपमा हुन्डीको कारोबारी भइरहेको स्रोतले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

