नवलपरासी ,५ कार्तिक
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गतका विद्यालयहरुमा बिद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोग एवं रेयुकाईको प्राविधिक सहयोगमा बिद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । रेयुकाईद्वारा संचालित मासुनागा आँखा अस्पताल काभ्रेको प्राविधिक सहयोगमा नगरका सामुदायिक बिधालयमा निशुल्क आँखा परिक्षण सुरु गरिएको हो ।

बर्दघाटमा रहेको नवदिव्यज्योति आधारभूत विद्यालयबाट परिक्षण सुरु गरिएको हो ।बिद्यालयमै आँखा परिक्षण हुदा बिद्यार्थी र आम अविभावकका लागि पनि सहज हुने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।दृष्टि कमजोर भएर चश्मा प्रयोग गर्नु पर्ने बिद्यार्थीका लागि निशुल्क उपलब्ध गराईने उहाले बताउनु भयो ।
रेयुकाईका महासचिव हिरामणी शर्माले पछिल्लो समय बिद्यार्थीहरुमा दृष्टि कमजोर हुने तर अविभावक र स्वयं बिद्यार्थी बालबालिकालाई समेत जानकारी नहुदा पठनपाठनमा समेत ठूलो असर पुगेको बताउनु भयो ।

बिधालयमै परिक्षण हुदा समयमै समस्याको निदान हुने उहाँले बताउनु भयो ।रेयुकाईले केही समयमै बर्दघाटमा रहेको आफ्नै भवनमा आँखा अस्पताल संचालन समेत गर्न लागेको शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

