आरपी उपध्याय / नवलपरासी ४कार्तिक
नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिकाका क्रियाशिल सदस्य एवं नेपाल तरुण दलका पुर्व जिल्ला सदस्य ध्रुव जैसवालको दु:खद निधन भएको नवौं पुण्यतिथीका दिन श्रद्धाञ्जली सभा नर्सही स्थित बिर्तामा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस सुस्ता ४ का वडा सभापति अमित बि.क. को अध्यक्षतामा शोक सभा सम्पन्न भएको हो।
शोक सभाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य प्रकाश न्यौपानेले स्वर्गीय ध्रुव जैसवालको निधनले पार्टीमा अपुर्णनिय क्षती भएको बताउदै जैसवाल पार्टीका इमान्दार कार्यकर्ता र लोकप्रिय व्यवसायी रहनु भएको चर्चा गर्नुभयो।
श्रद्धाञ्जली समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु) ले स्वर्गीय जैसवालको पारिवारिक पृष्ठभूमिको चर्चा गर्दै उहाँको निधनले पार्टीले एक होनहार कार्यकर्ता गुमाएको बताउनु भएको थियो।
सो अवसरमा नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सचिव एवं प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य,नेपाल महिला संघकी केन्द्रिय सदस्य कमला पराजुली,ने.वि. संघका प्रशान्त भुर्तेल लगायतले स्वर्गीय जैसवालले पार्टीमा पुर्याउनु भएको योगदानबारे चर्चा गर्नुभयो।
श्रद्धाञ्जली समारोहमा सुस्ता गाउँपालिका का जनप्रतिनिधि,नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता,शुभेच्छुक एवं परिवारजनका सदस्य र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको कार्यक्रम सञ्चालक नारायण प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

