Rashtriya Dainik

पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन

काठमाडौं,४ कार्तिक । पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा डेंगुको उपचार गराइरहेका मिश्रको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय रहदै आएका थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित