Rashtriya Dainik

प्रतापपुर वडा न.७ मा चौथौ वडा अध्यक्ष कप भलिबल, क्रीकेट र कपर्दी खेल सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,३ कार्तिक

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ मा चौथौ वडा अध्यक्ष कप भलिबल, क्रीकेट र कपर्दी खेल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।


प्रतापपुर गाउँपालिका वड नं.७ गुठी सुर्यपुरा युवा परिवारको आयोजनामा खेल प्रतियोगिता सम्पन्न भएको हो।
प्रतापपुर वडा न.७ का वडा अध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा तीन खेल प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो।


सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य कलवारले विजेता र उप विजेतालाई सिल्ड कप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने जिकिर गर्नुभयो।
सम्पन्न खेल प्रतियोगिताको समापन समारोहमा प्रतापपुर वडा नं.१ का वडाध्यक्ष महेन्द्र चौधरी,वडा नं.२ का वडाध्यक्ष रामनरेश यादव,वडा न.४ का वडाध्यक्ष जयन्त्री बरई ,वडा नं.९ का पुर्व वडाध्यक्ष हेमेन्द्र पजियार लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको तीन खेल मध्ये क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सुस्ता ५ पक्लिहवा र जगन्नाथपुर क्रीकेट टिम बिच भएकोमा पक्लिहवा क्रीकेट टिम ८ विकेटले विजयी भएको थियो।

त्यसैगरी कपर्दी खेल सुस्ता ३ सखुवाना र प्रतापपुर ७ को गोबरहिया टिम बिच भएको फाइनल प्रतिस्पर्धामा सखुवाना टिमले पहिलो स्थान हासिल गरेको थियो भने गोबरहिया टिम दोस्रो र पिपरपाती टिम तेस्रो भएको आयोजकले बताएको छ।
खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा बन्जरिया टिमले माकर टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरि ३० हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता माकर टिमले २० हजार नगद सहित कप मेडल प्राप्त गरेको कार्यक्रम सञ्चालक ब्यासमुनी यादवले जानकारी दिनुभयो।
खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान सहित मेडल प्रदान गरिएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित