Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दन: बढईको हत्यापछि फरार भएका ३ जना अभियुक्त ३ महिनापछि पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,३ कार्तिक

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका वडा नं -५ बस्ने रोशन भन्ने सुर्य कुमार बढईलाई आफ्नै घरको कोठाभित्र भाईसंगै खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न रहेका तीन जना लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्हिनन्दन वाड नं-६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर छन्। गएको साउन १४ गते बिहान समयमा आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको घाँटी रेटेर हत्या भएको थियो।

प्रहरीका अनुसार भाईसँगै खाटमा सुतिरहेको सूर्य कुमारको हत्या हुँदा सँगै सुतेका भाई सन्दिपले समेत थाहा पाएका थिएनन् ।

तत्कालिन घटनास्थल अनुसन्धान गर्दै जाँदा घटना भएको दुई महिनापछि यही असोज २३ गते नवलपरासी प्रहरीले जोगिन्दरसहित तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उनीहरुले आपसी विवादको रिसिबी साँध सूर्यकुमारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डिएसपी बोहराका अनुसार घटना हुनुभन्दा दुई दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशन भनिने सूर्यकुमार बढईले आफन्तको घरमा पुर्‍याएका थिए। त्यसक्रममा बाटोमा जोगेन्दरसँग रोशनको भेट भएपछि विवाद सुरु भएको थियो। सो विवादपछि जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानबाट देखिएको छ। आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको विषय जोगिन्दरले साथी सुरज राजभर र अर्का किशोरलाई पनि जानकारी गराएका थिए।

योजना बमोजिम घटनाको अघिल्लो दिन साउन १३ गते बेलुकी जोगिन्दर र उनका साथीहरुले सूर्य कुमारसँग बदला लिन उनलाई बोलाएर गाउँको कुटिया माई मन्दिरमा । सेवन गर्दै बसे तर सूर्यकुमार अन्य साथीहरु सहित पुगेपछि योजना सफल हुन सकेन् । सूर्य कुमार लाई समूहमा देखेपछि जोगिन्दर र सुरज लुकेका थिए भने नाबालाकसँग सामान्य सोधपुछ गरि सूर्यकुमारको समूह फर्कियो ।

त्यसपछि आरोपी तीनै जनाले गाउँको एक पसलमा मादक पदार्थ सेवन गरि सूर्य कुमारकै घर नजिक बगैचामा रातभर गाँजा सेवन गरेर बसे विहानपख करिब ४ बजेको समयमा जोगिन्दरले आफूले साथमा ल्याएको पखुवा (धारिलो हतियार) सहित सूर्य कुमार सुतेको ठाउँमा गई घाँटी काटेर हत्या गरेको थिए । हत्या पश्चात उक्त हतियार शौचालयको सेप्टिट्यांकीमा लुकाई जोगिन्दर फरार भएका थिए । फरार भएका जोगिन्दर भागेर भारत बस्दै आएका थिए भने अन्य दुई जना गाउँमै बसेका थिए ।

असोज २३ गते हत्याका मूख्य आरोपी जोगिन्दर भारतबाट आई आफ्नै घरमा लुकिछीपि बसेको सूचना प्रहरीलाई प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जोगिन्दर लाई घरबाटै पक्राउ गर्न सफल भएको हो । साथै शौचालयमा लुकाईएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा जोगिन्दरको बयानको आधारमा घटनामा संलग्न देखिएको भन्दै उनका साथी सुरज र अर्का नाबालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित