पर्सा २ कार्तिक
पर्साको कालिकामाई गाउँपालिका वडा नं.२ भेडिहारीमा रहेको कालिकामाई युवा समाजले आज आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा बिरगञ्जको श्रीसिया स्थित मानव सेवा आश्रममा खाजा वितरण गरेकोछ!
संस्थाका युवाहरुले मानव सेवा आश्रममा रहेका करिब ७० जना आमा,बुवा तथा भाई बहिनीहरूलाई स्याउ,केरा,मिठाई ,नमकिन् लगायतका खानेकुराहरू वितरण गर्दै कालिकामाई युवा समाजको पहिलो वार्षिक उत्सव मनाइएकोछ!
युवा समाजले विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेपनि २०८०/०७/०२ गते का दिन जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराउँदै हाल समाज कल्याण परिषदमा समेत आवद्ध भई युवा शक्तिलाई एकिकृत गरी समाजमा रहेका विकृति विरुद्ध चेतना फैलाउँदै स्वक्ष र समृद्ध समाज निर्माणको लागि आफूहरु सधैं प्रयासरत रहेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले जानकारी दिए!
आगामी दिनमा पनि मानव सेवा आश्रम जस्ता क्षेत्रहरूमा हाम्रो निरन्तरता रहिरहने र आवश्यक परेकालाई सहयोग गर्नका निम्ति कालिकामाई युवा समाज सधैं काँधमा काँध मिलाई अघि बढ्ने युवा समाजको कोषाध्यक्ष बुलेट तिवारीले बताए!
संस्थाका महा सचिव विशाल कुशवाहाले पारस बाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने मानव सेवा आश्रमको तर्फबाट चन्दन र पुस्प साथ युवाहरूलाई स्वागत गर्दै सम्मान पत्र साथ युवा समाजलाई सम्मानित गरिएको थियो!
खाजा वितरण कार्यक्रममा युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो,उपाध्यक्ष भरत साह,कोषाध्यक्ष बुलेट तिवारी,महा सचिव विशाल कुशवाहा,सुदिप चौरसिया,रमेश चौरसिया,मोहन महतो,धर्मेन्द्र चौरसिया,अनिश पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो!
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

