आरपी उपध्याय /नवलपरासी २ कार्तिक
पुर्वी नवलपरासी त्रिवेणी धाम स्थित नारायणी नदी किनारमा महा आरती कार्यक्रम विहीबार सम्पन्न भएको छ।
आश्विन शुक्ल पुर्णीमाको दिन आयोजना गरिएको महा आरती कार्यक्रममा प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधानले एक कार्यक्रमका बिच महा आरती कार्यक्रमको सुरुवात गर्नुभएको थियो।
बालपुरी कुटी त्रिवेणीको आयोजनामा सम्पन्न महा आरती कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य प्रधानले नेपाल अधिराज्य कै प्रमुख धार्मिक धरोहरहरु मध्ये एक त्रिवेणी धामलाई पहिचान सहितको तिर्थ स्थल बनाउन हामी सबैको सामुहिक प्रयास हुनुपर्ने धारणा राख्दै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र त्रिवेणी धाममा गरिएको महा आरती कार्यक्रमले सबैमा शुद्धता र धार्मिक सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो।
राप्रपा नेता समेत रहनु भएका प्रधानले त्रिवेणी धाम विकासको लागि आफ्नो प्रयास जारी रहने र सरकारको ध्यानाकर्षण गर्न मन,कर्म र वचनद्वारा पुर्ण प्रतिबद्धताका साथ अगाडि बढ्ने जिकिर पनि गर्नुभयो।
उक्त कार्यक्रममा बालपुरी कुटीका पिठाधिश खुर्सानी बाबा लगायत ठूलो सङ्ख्यामा भक्तजनहरुको उपस्थिति रहेकोे थियो।
त्रिवेणी धाममा हुँदै आएको महा आरती कार्यक्रमलाई प्रत्येक महिनाको पुर्णीमाको दिन सम्पन्न गर्न त्रिवेणी युवा समाजले संयोजनको भुमिका निर्वाह गरेको पनि आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

