कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिलेसम्म डेंगु संक्रमितको संख्या २ सय ३१ पुगेको छ भने १ जना पुरुषको डेंगुको कारण निधन भएको छ ।
नवलपुरको गैडाकोटमा सबैभन्दा बढी ८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसैगरी कावासोतीमा ४० जना, देवचुलीमा ४७ जना, मध्यविन्दुमा २० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताउनुभयो ।
त्यसैगरी विनयी त्रिवेणीमा २३ जना, हुप्सेकोटमा १७ जना र बुलिङ्गटार गाउँपालिकामा २ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगु संक्रमण कात्तिक महिनासम्म बढ्न सक्ने भएकोले सतर्क रहन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
यसैबीच नवलपुरको पहाडि पालिका बौदिकाली गाउँपालिकामा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
तराई क्षेत्र भन्दा पातलो वस्ती र चिसान ठाउँ मानिएको बौँदिकाली गाउँपालिका वडा नं. २ का एकजना पुरुषमा समेत डेंगु संक्रमित भेटिएपछि विषेश सावधानि अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
पछिल्ला केहि दिनमा नवलपुर सहित देशैभर चिसो बढ्दै गएपनि जिल्ल्लामा डेंगु संक्रमण रोकिएको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

