३० असोज, बाँके ।
बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।
कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ दिन सम्म कार्यक्रम सञ्चालन हुनेछ ।
बिहीबार स्वास्थ्य चौकी हिरमिनियामा वडाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुनेछ ।
कार्यक्रम नियमित रुपमा कात्तिक १४ गते सम्म सञ्चालन रह्ने किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।
उनका अनुसार कार्यक्रममा बिरामीले सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको छ ।
साथै आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको छ ।
शिविरमा बिहान साढे १० बजे देखि ३ बजे सम्म आँखा जाँच गराउन सकिने संयोजक मिश्रले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

