आरपि उपाध्याय / नवलपरासी ,३० असाेज
पश्चिम नवलपरासीको परासीमा एक भव्य कार्यक्रमका बिच ६९ औं प्रहरी दिवस मनाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा प्रहरी दिवस मनाइएको हो।
प्रहरी दिवस समारोहको प्रमुख अतिथि समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले “सत्य सेवा सुरक्षणम” को महान्तम आदर्श बोकेको नेपाल प्रहरीले गर्दै आएको भुमिका प्रसंशनिय रहेको बताउदै नागरिकको चाहना र भावना अनुसार प्रहरीले नागरिक केन्द्रित काम गर्दै आएको चर्चा गर्नुभयो।

प्र.जि.अ. श्रेष्ठले सभ्य समाज निर्माण गर्न प्रहरी र आम नागरिक बिच अन्तरसम्बन्ध बलियो हुनुपर्ने जिकिर गर्नुभएको थियो।
प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको अध्यक्षतामा आयोजित प्रहरी दिवस २०८१ को अवसरमा नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका अध्यक्ष ओम प्रकाश चौधरी,पत्रकार हरि शर्मा लगायतले प्रहरी दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रहरी दिवसकै अवसरमा अपराध अनुसन्धान,लागू औषद अनुसन्धान र फरार अपराधी पक्राउ गर्ने काममा प्रसंशनिय भुमिका निर्वाह गर्ने एक दर्जन प्रहरी कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरिएको प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।

सो अवसरमा पुर्व प्रहरी,अमर प्रहरी परिवारजन,राजनितीक दलका नेताकार्यकर्ता,जनप्रतिनिधि र जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुख एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको बताइएको छ।
प्रहरी दिवसकै अवसरमा पुर्व प्रहरी र अमर प्रहरीका परिवारजनहरुको बिचमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासालाई सम्बन्धित निकायमा सम्बोधनका लागि पठाइने उपरीक्षक फुयालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

