सुक्रौलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ असाेज

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा आज साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो ।

सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका १३ घ्युडल्लाका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो ।


दुर्घटना पछि स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!