राष्ट्रिय दैनिक /नवलपरासी , २७ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा ३४ औं गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता सम्पन्न भएको छ। सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित हिमालय युवा क्लबद्वारा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता सन्दिप बि.ककाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा खेल सम्पन्न भएको हाे। सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियाेगितालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले फुटबल खेलकाे लागि सरावल उर्बर भुमि रहेको बताउनुभयो । यश क्लबप्रति पुरानो लगाव भएकोले यहाँका हरेक क्रियाकलापमा आफू प्रत्यक्ष सहभागी भएकोले खेल पुस्ता हस्तान्तरण भइरहेको चर्चा गर्नुभएको थियो । खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो । कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी,ओम प्रकाश चाैधरी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो । फाइनल खेल सरावल र गैडाखाल बिच भएको खेलमा समयअघिमा २/२ गाेल बराबरी भएको थियोे । बराबरी भएको खेलमा पेनाल्टीसम्म पुगेको खेलमा गैडाखालले सरावलमा ४ काे विरुद्ध ५ गाेलगरी विजयी भएको हाे। भएको सांस्कृतिक कार्यक्रममा भाेजपुरी गायक तथा अभिनेता राजा भाेजपुरीकाे दमदार प्रस्तुति रहेको थियो । त्यसका साथै स्थानीय कलाकार र लाठी नाच , झमटा नाच लगाएत सांस्कृतिक प्रस्तुति रहेको थियोे । फुटबलमा प्रथम हुने टिमलाई नगद रु २० हजार मेडल , कप प्रमाणपत्र प्रदान गरिएको थियो भने उपबिजेता टिमलाई नगद रु १० हजार मेडल , कप प्रमाणपत्र प्रदान गरिएको थियो । सलमान खानकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम क्लबका सल्लाहकार उमेर बि.क ले सन्चालन गर्नुभएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।