राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नं ३ सरावलमा ३४ औं गाउँ स्तरीय फुटबल समापन तथा सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त भाेजपुरी गायक देखि माेडल समेत आउने भएका छन । सरावल गाउँपालिका ३ सरावलमा आज सांस्कृतिक कार्यक्रमका लागि भाेजपुरी गायक राजा भाेजपुरीया , माेडल संगिता राज आउने भएका छन । त्यस्तै स्थानीय कलाकारका साथै झमता नाच लाठि नाच पनि हुने क्लबका कार्यवाहक अध्यक्ष सन्दिप बि.क ले बताउनुभयो । आज हुने फुटबल फाइनल खेलमा सरावल र गैडाखाल बिच प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।