राष्ट्रिय दैनिक / नवलपरासी ,२४ असाेज
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नम्बर २ सेमरीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता शुरु भएकाे छ ।
बडा दशैका पावन अवसरमा नवदुर्गा समितिकाे आयाेजनामा समितिका अध्यक्ष बिक्रम यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता उदघाटन गरिएकाे हाे ।
खेलकुदलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष यादवले कपर्दी प्रतियोगिता युवाहरुकाे लागि महत्त्वपूर्ण रहेको भन्दै प्रतापपुरका खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा आफुसहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयाे । साथै प्रतापपुरमा खेलाडीकाे माग अनुसार आफुले बजेट बिनियाेजन गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे । खेलकुदलाई ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा जाेड दिनु भयाे ।
कार्यक्रममा समाजसेवी पालिका उपाध्यक्ष मान कुमारी चाैधरी ,वडा नम्बर १ वडा अध्यक्ष महेन्द्र बहादुर चाैधरी,नाथुराम क्षेत्री ,सराेज थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा नेपाल र भारतका टिमहरुका सहभागीता रहने आयाेजकले जनाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

