कपिलवस्तु,२४ असाेज
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर-साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चाैधरी चयन भएका छन् । दाेस्राे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चाैधरी चयन भएका हुन् ।
अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चाैधरीकाे नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक बालजी चाैधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा राम प्रकाश यादव, रामराज पाल, महिलातर्फ सावित्री पासी, चन्द्रावती गिरी र मनाेनितमा महिला सदस्यमा दुरपाती कोरीलाई चयन गरिएको विद्यालयले जनाएको छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिकाे सदस्य सचिवमा प्रधानाध्यापक बालजी चाैधरी, शिक्षक प्रतिनिधिमा सुशिला देवी कुर्मी र पदेन सदस्यमा वडा अध्यक्ष दिनेश कुमार चाैधरी गरि ९ जना सदस्यसहितको व्यवस्थापन समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
यसैगरी राम खेलावनकाे संयाेजकत्वमा शिक्षक अभिभावक संघ समेत गठन भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

