: एजेन्सी
भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिनुभएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताउनुभएको छ । उहाँले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बनाउनुभएको छ ।
भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

