प्यूठान, २३ असोज ।
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले यात्रुलाई २० प्रतिशत छुटमा प्यूठानबाट काठमाडौं लैजाने निर्णय गरेको छ ।
नेपाल सरकारले तोकिदिएको भाडा कम दरमा सेवा दिन लागेको प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले प्रा.लि.को सोमबार बसेको सञ्चालक समितिको बैंठकले असोज २७ गतेदेखि कात्तिक २२ गतेसम्म प्यूठानबाट काठमाडौं डिलक्स र सुपरडिलक्स बसको यात्रामा २० प्रतिशत छुट दिन थालेको बताए । प्रा.लि.ले डिलक्सले १ हजार ६ सय ५० र सुपरडिलक्सले १ हजार ८ सय ४४ लिँदै आएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

