राष्ट्रिय दैनिक /नवलपरासी , २३ असोज ।
सम्भावित क्षयरोगका बिरामीको प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गर्ने उद्देश्यले पश्चिम नवलपरासी र रूपन्देही गरी दुई जिल्लामा परियोजना लागू भएको छ ।
नेपालमा बढ्दो अवस्थामा रहेको क्षयरोगलाई नियन्त्रणका लागि रूपन्देही र नवलपरासीमा विशेष परियोजना लागू भएको हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अन्तर्गत विराट नेपाल मेडिकल ट्रस्ट ( बि.एन.एमटि ) संस्था द्धारा यी दुई जिल्लामा सि.आर.आई.टि.आई.सि नामक परियोजना लागू भएको गरिएको हो । द युनियनको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना तीन वर्ष सम्म चल्ने छ ।
परियोजना अन्तर्गत क्षयरोगका बिरामी सँग नजिक रहेका घरपरिवारका सदस्यहरूको खकार परिक्षण गर्ने , छातीको एक्सरे गर्ने र सिवाईटिबी परिक्षण पश्चात रिपोर्टका आधारमा औषधी चलाइने योजना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर मेडिकल टेक्नोलजिस्ट पद्यमानभ घिमिरे जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत सम्भावित क्षयरोगका बिरामीको सम्पर्कमा आएको र जोखिम समुहमा रहेका व्यक्तिहरूको पहिचान गरि उनिहरुलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार सेवा दिइने छ ।
परियोजना अन्तर्गत सम्भावित क्षयरोगका बिरामीको सम्पर्कमा आएको व्यक्तिहरूको पहिचान गरी प्रिभेन्टिभ थेरापी विधिबाट बिरामीको उपचार गर्ने परियोजनाको लक्ष्य रहेको परियोजनाका तथ्याङ्क व्यवस्थापन अधिकृत अस्मिता रायमाझीले जानकारी दिनुभयो ।
। परियोजना अन्तर्गत सम्भावित क्षयरोगी पत्ता लाग्ने छन् भने सम्भावित क्षयरोग लाग्ने समय बिरामीलाई समयमै उपचार हुने विश्वास लिइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गैरभ ढकालले जानकारी दिनुभयो ।

क्षयरोगीको सम्पर्कमा रहेको व्यक्तिहरूको पहिचान गरी उनिहरुलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गरिने पश्चिम नवलपरासी करिव ६ हजार २ सय हाराहारीमा नयाँ क्षयरोगी हुन सक्ने पुर्व आकलन गरिएको छ । परियोजना बारे जानकारी दिन पश्चिम नवलपरासीमा आयोजीत कार्यक्रमको तस्विर उपलब्ध छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

