Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा चाडपर्व लच्क्षित बजार अनुगमन : अखाद्य सामग्री भेटिएपछि…

उमेश बि.क / नवलपरासी २१ असोज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले दसैँ लक्षित बजार अनुगमन गरेको छ । साेमबार पालिकाकी उपाध्यक्ष बासमति हरिजनकाे टोलीले दसैँ लक्षित बजार अनुगमन गरेको हो । उपाध्यक्ष हरिजकाे टिमले सरावल वडा नम्बर १ ,२ ,३ र ७ स्थित खाद्यन्न पसल र मासु पसल र मिठाई पसल,खाजा तथा नास्ता पसल र किराना पसलहरुकाे अनुगमन गरिएको हाे। टोलीले पालिकाभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो

नजिकै आउदै गरेको चाडपर्वलाई मौकाछोपी व्यावसायिकर्मीहरुले अखाद्य,गुणस्तरहिन र म्याद गुज्रिएको सामग्रीहरु बिक्रीवितरण गरि कालोबजारी समेत गर्ने र उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड समेत गर्न सक्ने हुदा उक्त कामको निगरानीका लागि मध्यनजर गर्दै अनुगमन टोलिले आफ्नो सक्रियता बढाएको हो ।


समितिले अनुगमन क्रममा व्यासायीकर्मीहरुलाई सरसफाइमा ध्यान दिनुपर्ने र अखाद्य बस्तु बिक्रीवितरण नगर्न सल्लाह सुझाव दिएका थिए र पसलमा रहेका सामानहरुको म्याद गुज्रिएको छ छैन,दर सुची राखेको छ छैन,पसल दर्ता तथा नवीकरण रहेको नरहेको र उपभोक्ताले खान योग्य रहेको नरहेको यकिन समेत गरेका थिए ।

अनुगमनको क्रममा केहि मिठाइका पसलहरुमा सरसफाइमा कमि देखिएको र केही किराना पसलहरुमा गुट्का चुरोट रक्सी र म्याद गुज्रिएको सामानहरु बिक्रीवितरण समेत गरिएको पाइएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउदै बजार अनुगमनको काम चाडपर्वलाई मात्र मध्यनजर गरेर होइन यो निरन्तर हुने र अनुगमनमा पहिलो पटक सबै पसलका साहुलाई सम्झाई बुझाएको र अब पुनः यस्तो गल्ती व्यावसायिकर्मीहरुले दोहोर्‍याएका खण्डमा पालिकाले सामग्री जफत र जरिवाना समेत गर्ने बताउनुभयो ।

अनुगमनकाे क्रममा मिष्ठान भण्डारकाे मिठाइमा किरा र ढुसी भेटिएको थियोे ।बजार अनुगमन समिति सरावलले उक्त ढुसी परेको मिठाइ तत्काल नष्ट गरेको थियो।


TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित