Rashtriya Dainik

पाल्हीनन्दनमा धार्मिक सहिष्णुताका लागि अन्तरधार्मिक तथा सांस्कृतिक संवाद

रंजीत शर्मा/ नवलपरासी, २२ असोज।

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा धार्मिक सहिष्णुताका लागि पालिका स्तरीय सरोकारवालाहरु संग अन्तरधार्मिक तथा सांस्कृतिक संवाद कार्यक्रम आज हरपुरमा सम्पन्न भएको छ।

युनाइटेड मिशन टु नेपाल,नवलपरासी क्लस्टरको सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा संचालित घरेलु हिंसा न्यूनीकरणको लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत यो कार्यक्रम गरिएको पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्रले बताए।

पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तरधार्मिक तथा सांस्कृतिक संवाद कार्यक्रम पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्रको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले चाडपर्वको समयमा यस्ता कार्यक्रम समय सन्द्रभिक रहेको भन्दै चाड पर्वमा अमर्यादित गतिविधि न गर्न तथा शान्तिको संदेश प्रवाह गर्न आफ्नो तर्फबाट सरोकारवालाहरुले भुमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुता कायम राख्न तथा चाड पर्वलाई भव्यको साथ साथ सभ्यको साथ समेत मनाउन तर्फ विशेष जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक कृष्ण पाण्डेले गरेका थिए भने कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष चुलाही प्रसाद यादव ,२ का जगदीश प्रसाद गुप्ता, ३ गोधन हरिजन ,५ का दयाशंकर त्रिपाठी, कार्यापलिका सदस्य लिलावती हरिजन, अनामिका हरिजन लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित