उमेश बि.क / नवलपरासी , २१ असाेज ।
नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी मनोनित भएका छन् ।
सरावल गाउँपालिकाको पुर्व अध्यक्षमा चौधरी संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका हुन् । उनी कांग्रेस जिल्ला सदस्य सदस्य समेत हुन् ।
उनीसहित ११७ जना सदस्य मनोनित भएका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सदस्यहरु मनोनित गरेका हुन् ।
पश्चिम नवलपरासीबाट थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा राधेश्याम चाैधरी सहित अनिसा चौधरी, गजेन्द्र चौधरी मनोनित भएको कांग्रेसले जनाएको छ ।
नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनित गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

