नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति नवलपरासीले पार्टीको एकता राष्ट्रिय महाधिबेशन लक्षित अभियान संचालन गर्ने भएको छ । आइतवार बर्दघाटमा सम्पन्न जिल्ला समितिको पुर्ण बैठकले मंसिर १३ देखि २३ गते हुने एकता राष्ट्रिय महाधिबेशनलाई भब्य बनाउन अभियानको संचालन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी समरले जानकारी दिए ।
बैठकले जिल्लामा ब्याप्त बिकृति बिसंगतिको भण्डाफोर गर्दै एकताको महाधिबेशन लक्षित संर्घष उठान गर्ने ठेगान भएको पार्टीले जनाएको छ ।
बैठकले ४ सदस्सीय सचिवालय समिति र ६ सदस्सीय सल्लाहकार समिति गठन गर्नुका साथै जिल्ला समितिमा दुई जना पुर्ण र दुई जना बैकल्पिक सदस्य समेत मनोनित गरेको सेक्रेटरी समरले बताए ।
बैठकले सेल, टोल, वडा , गाउँपालिका र नगरपालिकाकास्तरका भेला सम्मेलनलाई तीब्रता दिने सो पार्टीले जनाएको छ ।
जिल्ला सम्मेलनको अख्तियारी अनुसार ६ जना महाधिबेशन प्रतिनिधि र ४ जना बैकल्पिक महाधिबेशन प्रतिनिधि समेत बैठकले ठोस गरेको छ । साथै बैठकले १० सदस्सीय आर्थिक बिभाग समेत गठन गरेको जनाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र नेकपा (मशाल) बीच एकता भएर बनेको पार्टी हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

