अनिल बनिया / नवलपरासी/ २० असोज
पश्चिम नवलपरासीको रामग्राम र पाल्हिनन्दनबाट लागू औषध-खैरो हिरोइन सहित पाँच जना पक्राउ परेका छन् ।
रामग्राम नगरपालिका वडा नं. १२ पंचगावा स्थितबाट पुरस्कार थारु साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ-सहित पक्राउ गरिएको हो ।
त्यस्तै शनिबार साझा ६ बजेको समयमा पाल्हिनन्दन गाउँपालिका वडा नं.०३ बेलासपुर स्थितबाट प्रहरी टोलीले शंका लागि चार जनालाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को पुरस्कार थारू,पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २१ को प्रमोद कुमार कसौधन,पाल्हिनन्दन वडा नं. २ बस्ने वर्ष १८ को अनुप कुमार गौतम,पाल्हिनन्दन वडा नं. ५ बस्ने वर्ष १८ को राज कुमार जयसवाल,पाल्हिनन्दन वडा नं. ६ बस्ने वर्ष १८ को धिरज अग्रहरी रहेको प्रहरीले जनाएका छ।
पक्राउ पर्नेहरूबाट खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, ४ पुरीया रहेको प्लाष्टिक सहितको तौल ८ ग्राम ६४० मिलिग्राम र हरियो विर्को भएको प्लाष्टिकको डिव्वा भित्र रातो खैरो देखिने धुलो पदार्थ ८२ ग्राम ६८० मिलिग्राम,डाईजेपाम ५० एम्पुल,फेनारगन ५० एम्पुल,बुप्रिनुफिन ५० एम्पुल,स्क्रिन टच मोवाईल थान ३ समित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
उनीहरूलाई आईतबार सम्मानित जिल्ला अदालत परासीबाट पक्राउ स्विकृति गरि थप अनुसन्धान भईरहेको डिएसपी बोहरा जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

