अनिल बनिया / नवलपरासी, २०असोज
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड दुवैतर्फी सञ्चालनमा ल्याइए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
शुक्रबार राति पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।
आईतबार हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिएको प्रहरीले जनाएको छ । सडक मर्मत गरिए पनि भासिने जोखिम कायमै रहेकाले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा अनुसार दाउन्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा रहे पनि जोखिम रहने बताएका छन् र मर्मत कार्य भइरहेको जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

