राष्ट्रिय दैनिक /नवलपरासी,२० असाेज
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले चालू शैक्षिक शत्रलाई शैक्षिक सुधार बर्षको रुपमा लिएको छ ।सोही अनुरुप शिक्षण सिकाईलाई प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न योजाना र क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।
पछिल्लो समय समग्र देशकै शैक्षिक अवस्था धरासायी रहेको अवस्थामा नगरपालिकाले गुणस्तर सुधार र नजिता सुधारका लागि चालू आबमा सबैभन्दा बढी बजेट शिक्षामा छुट्याइएको छ ।
नगरपालिकाले केही दिन अघि मात्रै सामुदायिक बिद्यालय सग सम्झौता गरि सबै बिषयगत शिक्षकले आफ्नो बिषयमा ५० प्रतिशत नतिजा सुधार गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले थाई शिक्षक भन्दा अस्थाई र करारमा रहेका शिक्षकहरुले सामुदायीक बिद्यालयको गुणस्तर सुधारमा बढी मेहनत गरेको बताउए ।एक करोड रुपैयाँ बिनियोजन गरि सबै करार र अस्थाई शिक्षकलाई सरकारी स्केल अनुसारको तलब सुबिधा प्रदान गरिएको श्रेष्ठको भनाई छ
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले शिक्षक पेशा सामाजमा सम्मानित पेशा भएको हुदा शिक्षण सिकाईलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
।”तुलनात्मक रुपमा हामिले सबै शिक्षकलाई सक्दो सुबिधा दिएका छौ,शिक्षण पेशा जागिर मात्रै होईन,अब जागिर मात्रै खाने र नगर सगको सम्झौता अनुरुप नतिजा सुधार नभए त्यस्ता शिक्षकले बिदा लिए हुन्छ”नगरप्रमुख श्रेष्ठले भने ।चालू आर्थिक बर्ष शिक्षामा झन्डै ६ करोड स्थानिय बजेट मात्रै बिनियोजन भएको शिक्षा शाखा प्रमुख लोकराज पन्थिले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

