Rashtriya Dainik

नवलपरासीमा एमबिबिएसका बिद्यार्थीद्वारा सुक्ष्म स्वास्थ्य सर्वेक्षण

रंजीत शर्मा/ नवलपरासी,१९ असोज।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबिबिएस प्रथम वर्ष पढ्न बिद्यार्थीद्वारा सुक्ष्म रूपमा स्वास्थ्य सर्वेक्षण गरिएको छ ।

एमबिबिएस प्रथम वर्ष पढ्न बिद्यार्थीद्वारा सुक्ष्म रूपमा गरिएको स्वास्थ्य सर्वेक्षणबाट प्राप्त विवरणलाई प्रत्येक वार्ड/वार्डमा एक कार्यक्रम गरी प्रतुस्त गरेका छन्।

सर्वेक्षणमा शौचालय निर्माण गरिएको घर संख्या,प्रयोग गर्ने न गर्ने घर संख्या, व्यक्तिगत तथा घर सरसफाईको अवस्था,धुम्रपान मध्यपान सेवन गर्ने नगर्नेको संख्या,टिबि, झाडापखाला, एचआइभि,यौन रोग, विभिन्न सर्ने नसर्ने रोगको बारेमा जानकारी,मानसिक स्वास्थ्य लगाएत विभिन्न विषयमा स्वास्थ्य सर्वेक्षण गरिएको युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबिबिएस प्रथम वर्ष अध्ययन गर्ने बिद्यार्थी भगवती प्रसाद यादवले बताए।

भाद्र २७ गते देखि १५ दिन सम्म गरिएको सर्वेक्षणमा पालिकाका प्रत्येक वार्डको सामाजिक नसाङ्कन गरी १६६ घरधुरी र विद्यालय तथा स्वास्थ्य चौकीमा गई सुक्ष्म स्वास्थ्य सर्वेक्षण गरी वडा वडामा तथ्याङ्गको प्रस्तुतिकरण प्रतिवेदन पेश गरिएको बिद्यार्थीहरुले बताए।

गत असोज ११ गते प्रत्येक वडामा सर्वेक्षणबाट प्राप्त तथ्याङ्गलाई प्रस्तुत गर्ने क्रममा वडा नं २ हरपुरमा वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न गरिएको थियो। उक्त सर्वेक्षणको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययनरत एमबिबिएस २६ औं ब्याचका ७७ जना विद्यार्थीहरुले आफूले अध्ययन गर्नु पर्ने सामुदायिक स्वास्थ्य विषयको प्रयोगात्मक परीक्षाको लागि उक्त सर्वेक्षण अनिवार्य गर्नुपर्ने हुन्छ। उक्त सर्वेक्षणबाट विद्यार्थी सँगै समुदायलाई समेत फाईदा हुने वडा अध्यक्ष जगदीश प्रसाद गुप्ता बताउँछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित