Rashtriya Dainik

सुनवलमा बसको ठक्करबाट मोटरसाइकल चालकको निधन

बिनोद निगम/नवलपरासी, १९ असोज

पश्चिम नवलपरासी सुनवलमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सुनवल नगरपालिका ७ ज्यामिरे चोक स्थित ५:३० को समयमा पुर्व-पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नं को माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र मोटरसाइकल पछाडी सवार बस्ने बर्ष २९ को बिवेक गुरुङको दुवै खुट्टा र अनुहारमा चोट, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते चालक उपचारको लागि भलुही मेडिकल कलेज रुपन्देही पठाएकोमा चालकको ६:३५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको हो । माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचन अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

मोटरसाईकल चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ६ -१० नं टोल बस्ने बर्ष अन्दाजी ३२को ऋिषि लम्तरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित