रंजीत शर्मा/ नवलपरासी,१९ असोज।
लक्ष्मी महिला तथा मिलिजुली युवा समूहको संयुक्त आयोजनामा वडा दशैं,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
लक्ष्मी महिला समूहका अध्यक्ष रिनु गुप्ताको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिकतामा सम्पन्न भएको हो।
युनाइटेड मिशन टु नेपाल,नवलपरासी क्लस्टरको सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा संचालित घरेलु हिंसा न्यूनीकरणको लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको मिलिजुली युवा समूहका अध्यक्ष अजय यादवले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले चाडपर्व भव्य र सभ्य रूपमा मनाउन, सामाजिक सदभाव कायम राख्न आग्रह गर्दै वडा दशैं,शुभ दिपावली,छठ पर्व तथा गुरुनानक जयन्ती लगायत पर्वको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लिलावती हरिजन, छोटेलाल पासवान वार्ड सदस्य रामसजीवन गुप्ता,विश्वनाथ यादव, आशमा खातुन, पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका अध्यक्ष श्रीकान्त मिश्र, सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक मोहम्द जाहगिर अलि अन्सारी, सुमन हरिजन लगायतको उपस्थिति र शुभकामना मन्तव्य राखेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

