Rashtriya Dainik

विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जीत शर्मा/ नवलपरासी, १९ असोज।

पश्चिम नवलपरासीको पाल्हीनन्दनका पत्रकारहरु संग दोश्रो पटक विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न आज हरपुरमा सम्पन्न भएको छ।

युनाइटेड मिशन टु नेपाल,नवलपरासी क्लस्टरको सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा संचालित घरेलु हिंसा न्यूनीकरणको लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम पहिला परासीमा सम्पन्न गरी हाल दोश्रो चरणमा यहाँ गरिएको पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्रले बताए।

कार्यक्रममा सहभागी पत्रकारहरुले विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुतालाई विशेष ख्याल गरी पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक कृष्ण पाण्डेले गरेका थिए भने कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ता सँगै पत्रकारहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित