बिनोद निगम / नवलपरासी ,१८ असोज
पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक फेरि भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सडक भासिएको
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ बताएका छन् ।
राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । यसअघि असोज १४ गते सोमबार पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

