Rashtriya Dainik

राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरको आठौं जिल्लाअधिवेशन

आरपि उपाध्याय / नवलपरासी ,१८ असाेज

राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरको आठौं जिल्लाअधिवेशन कावासोती स्थित बौद्ध गुम्बा बिहारको सभाहलमा शुक्रबार सम्पन्न भएको छ।

राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष तिल बहादुर झेडीमगरको अध्यक्षतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।
जिल्ला अधिवेशनको प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय जनमुक्ति पार्टीको संघिय परिषद केन्द्रिय सदस्य केयर सिंह रानाले देशमा बढ्दै गएको भ्रष्टाचारलाई उन्मुलन गर्न सरकार असक्षम भएकोमा सरकारले सबै निकायमा हुने भ्रष्टाचार पहिचान गरि कानुन सम्मत ढङ्गबाट कारवाही गर्नुपर्ने धारणा राख्नुभयो।


उहाँले देशमा भएको बाढी पहिरोको बिपत्तिलाई समाधान गर्न सरकारले ठोस प्रक्रिया नचालेको पनि आरोप लगाउनु भयो।
कार्यक्रममा विषेश अतिथि संघिय परिषद केन्द्रिय सदस्य सिंह बहादुर ढेङ्गा मगरले राष्ट्रिय जनमुक्ति पार्टी विधान सम्मत ढङ्गबाट अगाडि बढ्नुपर्ने र आउदै गरेको २०८४ लाई लक्षित गरि सबै नेताकार्यकर्ता एक भएर पार्टी संगठनमा लाग्नुपर्ने कुरामाथी जोड दिनुभएको छ।


जिल्ला अधिवेशनमा संघिय महा सदस्य नर बहादुर ठाडा,गण्डकी मगरात प्रदेशका कोषाध्यक्ष चेत बहादुर सारु,मगरात प्रदेशका पुर्व वरिष्ठ उपाध्यक्ष तुल बहादुर पुन लगायतले पार्टी संगठनको विविध पक्षमाथी प्रकाश पार्नु भएको थियो।


सम्पन्न अधिवेशनले तिलक थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको जानकारी प्राप्त भएको छ।
जसको उपाध्यक्षमा मिना आले,सचिवमा ओम थापा,सह सचिव शत्रुघन थापा, कोषाध्यक्ष नारायण बहादुर थापा र सदस्यहरुमा जङग बहादुर चिडी मगर, जगमाया थापा,मोहन सिंह बाकाबल, श्याम बहादुर राना,उमा कुमाल लगायत सर्वसम्मत चयन हुनुभएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित