Rashtriya Dainik

यात्रु सहायता कक्ष संचालन-नवलपरासी प्रहरीको निग्रानी र सुरक्षा हरेक ठाउँमा ।

बिनोद निगम / नवलपरासी , १८ असोज

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी चाडपर्वलाई लच्छित गर्दै ४ (चार) स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी प्रहरीले यात्रुलाई सुरक्षित र सहज आवागमनमा सहजिकरण गर्दै बढि भाडा असुल्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने,आरक्षण सिट तथा यात्रुको सामान छुट्ने लगायत ट्राफिक नियम बिपरीत सवारी साधन चलाउने जस्ता गतिबिधी निस्तेज गर्न पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल न.पा.-१२ भुमही चोक, बर्दघाट न.पा.-४ TCN चोक, भैरहवा भुमही हुलाकी सडक मार्ग अन्तर्गत रामग्राम न.पा.-५ बाईपास चोक र नेपाल भारत सिमा अन्तर्गत पाल्हिनन्दन गा.पा.-१ महेशपुर नाकामा गरी जम्मा ४ (चार) स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरी बिहिवारबाट सेवा प्रवाह शुरु गरेको छ।

साथै नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ-दिपावली तथा छठ पर्वको अवसरमा हुन सक्ने चोरी, डकैती, लुटपाट तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने अपराधिक कृयाकलापहरु हुन गर्न नदिई शान्तपूर्ण वातावरणमा चाडपर्व सम्पन्न गर्न र प्रहरी अनुसारको प्रयासहरु गरिएको भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला सुरक्षा समितिबाट एकिकृत सुरक्षा योजना लागु भई कार्यान्वयनका साथै जि.प्र.का. बाट चाडपर्व सुरक्षा योजना निर्माण गरी ४२५ जना प्रहरी बिभिन्न डियूटीमा परिचालन गरिएको छ।

त्यस्तै बैंक,बित्तिय सँस्था,सुनचाँदी पसल लगायत आर्थिक कारोबार हुने स्थानका लागी सादा पोशाक र यूनिफर्ममा प्रहरी परिचालन गरिएको र यात्रु बाहक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको हो ।

घटना दुर्घटनामा तत्काल प्रहरी Response का लागि Quick response team (QRT) परिचालन गरिएको छ।
लागूऔषध, हातहतियार, अबैध गतिविधि नियन्त्रणका लागी सिमा नाकामा चेकजाँचको ब्यवस्था र जनचेतनामूलक सुरक्षा पर्चा तथा जिङ्गल निर्माण र सन्देश प्रवाह गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका लगायत सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन तिब्र पारी कालोबजारी,मिसावट, मुल्यसुचि नराख्ने, म्याद गुज्रेका सामान बेचबिखन तथा कृत्रिम अभाव आदीमा कडाइका साथ निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

मादक पदार्थ सेवन र लागू पदार्थ सेवन चेकजाँचमा कडाइका लागि बिभिन्न स्थानमा चौबिसै घण्टा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ्ग । चौबिसै घण्टे राजमार्ग बिशेष चेकिङ्ग ।
पूर्व पश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा हतियार सहितको क्रस पट्रोलिङ्ग हुने डिएसपी बोहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित