Rashtriya Dainik

बर्दघाट नगरपालिकाको शैक्षिक सुधार बर्ष

राष्ट्रिय दैनिक /नवलपरासी , १७ असोज ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यस बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा काम अघि बढाएको छ । नगरपालिका भित्रका रहेका सामुदायीक बिद्यालययमा चौतर्फी रुपमा शैक्षिक सुधार गर्ने उदेश्यले विविध काम अघि बढाएको हो ।

जस अन्तर्गत समृद्ध समुदाय विकास केन्द्र सँगको सहकार्यमा बर्दघाट नगरपालिकाले नगरपालिका भित्रका सामुदायीक बिद्यालयका सम्ंपूर्ण शिक्षकहरुलाई समालोचनात्मक चिन्तन तथा सहयोगात्मक सिकाई विधिमा आधारित तालीम संचालन गर्दै आएको छ । यस प्रकारका तालीमहरुले कक्षाकोठामा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुको लेभल समान जस्तो हुने र समग्र शैक्षिक सुधारमा टेवा मिल्ने विश्वास लिइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

स्कूल लाईफ इन नेपाल डेनमार्क र समृद्ध समुदाय विकास केन्द्र रुपन्देहिको साझेदारीमा बर्दघाट नगरपालिका भित्रका ८ वटा विद्यालयमा समुदायको परिचालन द्वारा बर्दघाट गुणस्तरिय शिक्षा कार्यक्रम संचालन भैरहेको छ । यस तालिम पश्चात दोस्रो चरणमा बाँकी ५ वटा विद्यालयमा यस विधिमा आधारित तालिम सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक युवराज शर्मा चापागाईले जानकारी दिनुभयो ।
image-51760″ />

उक्त परियोजना संचालित विद्यालय हरु मध्य पहिलो चरणमा राष्ट्रिय माध्यमिक विद्यालय, शिद्धज्योती आधारभूत विद्यालय र पवित्र प्राथमिक विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र सोही विद्यालयका बालक्लब पदाधिकारी हरुलाई उक्त तालिम सञ्चालन भइरहेको छ । यो परियोजना २ वर्ष सम्म ८ वटा सामुदायिक विद्यालयमा संचालित हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित