राष्ट्रिय दैनिक /नवलपरासी ,१७ असाेज
पछिल्लो समय जन्मदिन मनाउने ट्रेन नै चलेको छ ।जन्मोत्सव मनाउने नाममा फजुल खर्च गर्ने र मितब्ययी नहुने पनि देखिएको छ ।
अधिकाङ्स यो प्रचलन देखिएपनी केहिले भने जन्मोत्सवको विशेष अवसरलाई सामाजिक सेवमा जोड्ने गरेका छन ।
यसै बिच बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जन्मदिनको खुसी बिद्यार्थी बालबालिका सग साट्नु भएको छ ।जन्मोत्सवको अवसर पारेर खनालले बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको जितपुर प्राविको बालबिकासमा रहेका १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको हो ।”यो देखाउने कुरा भन्दा पनि फजुल खर्च नगरी सामाजिक काम गर्न पनि सकिन्छ भन्ने पनि हो,सबैको सकारात्मक सोच र सहयोगले नै समाज रुपान्तरण हुने हो ।मितब्ययी हुनु र फजुल खर्चलाई नियन्त्रण गर्नु आफैमा राम्रो पक्ष हो”खनालले भन्नू भयो ।

बिद्यार्थीहरुलाई कापी कलम र स्थानिय उत्पादनको झोला प्रदान गरिएको थियो ।कुनै अवसरमा कार्यक्रममा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न माध्यम भएको र जन्मोत्सवमा स्थानिय उत्पादनकै झोला बिद्यार्थीहरुलाई दिईएको खनालको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

