Rashtriya Dainik

लागू औषध सहित एक महिला प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,१७ असाेज

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत गण्डक ब्यारेज नाकामा संयुक्त सुरक्षा निकायले लागू औषध सहित एक महिलालाई बिहीबार बिहान नियन्त्रणमा लिएको छ।

सिमापार भारत बिहार पश्चिमी चम्पारणमा पर्ने टंकीबजारबाट लागू औषध लिइ नेपाल आउदा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीको जनशक्ति र ईलाका प्रहरी कार्यालय त्रिवेणीको जनशक्तिले लागू औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक गणेश थापाले जानकारी दिनुभएको छ।

ब्यारेज पुलमा ड्युटीमा रहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार मुकुन्द बहादुर दर्जीको कमान्डमा रहेको जनशक्ति र ई.प्र.का. त्रिवेणी र प्रहरी जवान शेषकान्त भट्टराईको टोलीले सुक्ष्म चेकजाँचको क्रममा सुनवल १२ रानीपाकड बस्ने वर्ष २७ की संगिता राजभरको साथबाट १०० एमएलको ६ बोतल ओनरेक्स लागु औषध बरामद भएको हो।

लागू औषध सहित प्रहरीको नियन्त्रणमा परेकी राजभरलाई थप कानुनी कारवाहीको लागि ई.प्र.का. त्रिवेणी पठाइएको पनि सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित