राष्ट्रिय दैनिक / नवलपरासी , १७ असोज
चाडपर्व नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा व्यापक रुपमा तस्करी भइरहेको छ ।
भारतसंग सिमा जोडिएको पश्चिम नवलपरासीको गेर्मी,पचपेडा,भुजहवा लगाएतकाे नाका हुँदै दिनँहु एक सय भन्दा बढि खसी बोकाको तस्करी भईरहेको पाईएको हो।
परिक्षण बिना नै भारतबाट दिनहुँ ५ लाख भन्दा बढि मूल्य बराबरको अबैध रुपमा खसी बाख्राको तस्करी भईरहेको स्थानीयले बताएका छन्। भारतबाट भन्सार छलेर ल्याईएको एउटा खसीमा २ हजारदेखी ३ हजारसम्म फाईदा हुने हुँदा नवलपरासीको विभिन्न नाकाको प्रयोग हुँदै दिनहुँ एक सयभन्दा बढि खसीको तस्करी भईरहेको छ । भारतका खसी व्यापारीहरुले राजस्थान,पंजाब हुँदै युपीका धेरै ठाउँहरूबाट किनी खसी,बोका,राङ्गाहरू एक ठाउँमाल्याई भारतीय सीमावर्ती क्षेत्रहरूको गोठाला फर्महरूमा ल्याएर राख्ने गर्दछन् ।

परिक्षणबिना नै विभिन्न नाका हुँदै उक्त खसी बाख्रा नवलपरासी सहित विभिन्न जिल्लामा भित्रिने गरेको हो। तस्करहरु खसी बाख्राका तस्कर सिमानाकाका प्रहरीलाई माेटाे रकम दि मिलेमतोमा खसी बाख्राको तस्करी गरिरहेका छन् । भारतबाट तस्करी भई आएको केही खसी बाख्रा नवलपरासीको विभिन्न ठाउँको मासु बजारमा बिक्रि वितरण गरिन्छ भने बाँकीको खसी पिकपमा लोड गरि काठमाडौं , हेटौडा, नारायणघाट,पोखरा लगायतको ठाउँमा पठाईने गरेको स्रोतले जनाएको छ।
त्यस्तै सिमानाकादेखि सिमावर्ती क्षेत्रका गोठाला फर्महरूमा जम्मा गरेका खसी,बोका,राँगाहरू तस्करीले सुरक्षाकर्मीलाई मिलाएपछि मात्रै नेपाल छिराउने गरेको स्थानीयले बताएका छन।

त्यस्तै नेपालमा छिराउने जिम्मा भारतीय व्यापारी कलामले लिएको हुन्छन् र नेपाल छिराएपछि त्यहाँबाट गोपीगञ्ज जमुनिया, बर्दघाट जम्मा पारेर ट्रक र पिकअपमा लोड गरी पठाउने गर्दै आएका छन् । मुख्यतः भुजहवा,पांचपेडा,गेर्मीबाट तस्करी हुने गरेको स्रोतले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

