Rashtriya Dainik

सरावलमा ३४ औं गाउँ स्तरीय पुरुष फुटबल प्रतियाेगिता सुरु

राष्ट्रिय दैनिक /नवलपरासी , १६ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा ३४ औं गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता सुरु भएको छ।

सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित हिमालय युवा क्लबद्वारा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता सन्दिप बि.ककाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा खेलकुद उदघाटन भएको हाे।

प्रतियाेगितालाई सम्बाेधन गर्दै उपाध्यक्ष हरिजनले खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी,निवर्तमान पालिका उपाध्यक्ष उत्तमा राय, जिल्ला फुटबल संघ सचिव महेन्द्र चाैधरी, सरावल प्रेस क्लब अध्यक्ष उमेश बि.क, समाजसेवी हरिलाल यादव,इन्द्रकमल यादव लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।


आरिफ अलि खानकाे स्वागत मन्तब्यबाट सुरुवात भएको फुटबल उदघाट समारोहकाे कार्यक्रम क्लबका सचिव सुनिल बि.क ले गर्नुभएको थियोे ।

आज उदघाटन सत्रमा जावा र गंगाबस्ती बिच भएको खेलमा गंगाबस्तीले सुन्यकाे विरुद्ध ३ गाेल गरि बिजयी भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित