Rashtriya Dainik

लोसपा र जसपाद्वारा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम

रंजीत शर्मा/ नवलपरासी,१६ असोज।

लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान सँगै राज्यमा मधेशको विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासी जिल्ला कार्यसमितिका अध्यक्ष मुकुरजी गिरीको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामबचन यादवको प्रमुख अतिथिकतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले संविधान संशोधन गरी मधेशका मुद्दाहरुलाई समेट्न तथा माग पूरा नभए सम्म आफूहरु आन्दोलन गरी रहने बताएका छन्।
उनले भने हामी मधेश केन्द्रित दलहरु अरुबेला मात्र न भएर निर्वाचनको बेला पनि मिलाएर निर्वाचनमा सहभागी हुने र जितको परिणाम निकाल्नु पर्नेमा जोड दिनु आजको आवश्यकता रहेको बताए।

कार्यक्रम मधेशका मुद्दाहरुलाई थप सशक्त भएर उठाउन तथा संविधान संशोधनमा राज्यलाई दवाव जारी राख्न सँगै वडा दशैं,शुभ दिपावली,छठ पर्व, गुरुनानक ज्यान्तीको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी र जनता समाजवादी पार्टी नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादव लगायत दुवै पार्टीका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित