Rashtriya Dainik

सखुवा प्रसौनी गापा-३ काैवावन कटेयामा रामजानकी मन्दिरकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास

राजन कुमार बानिया /पर्सा ,१६ असाेज

पर्साकाे सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ काैवावन कटेयामा बुधबार रामजानकी मन्दिरको शिलान्यास गरिएको छ।गाँउपालिका अध्यक्ष यशवन्त यादवले हिन्दु रितिरिवाज अनुिार पूजापाठ गरेर मन्दिरको शिलान्यास गरेका हुन्।

गाँउपालिका स्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा कटैयामा रामजानकी मन्दिरको निर्माण गर्न लागिएको हाे।

शिलान्यास कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले मन्दिर निर्माण लाग्ने अपुग रकम थप गरिने प्रतबद्धता जनाए ।साथै उक्त मन्दिर बनिसकेपछि त्यसकै छेउमा पार्वती मन्दिरपनि गाँउपालिकाले निर्माण गर्ने घाेषणापनि उनले गरे।

यादवकै प्रमुख आतिथ्यतामा भएकाे मन्दिर शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मुजालिम अन्सारी,पूर्व वडाध्यक्ष अनरुद्र पटेल, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राउत कुर्मी,युवा नेता चन्दन सहनी लगायतकाकाे पनि सहभागीता रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित